अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतको फैसला कार्यान्वयनका क्रममा पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय तथा जरिवानाको फैसला गरेको थियो।

उक्त फैसला कार्यान्वयनका लागि बिहीबार भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको आदेश कार्यान्वयन गरिने डीएसपी रावतले जानकारी दिए।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
271 Shares