
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा तोकिएको छ। त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
समाज
थप सामाग्री-
नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन
-
आज असोज ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
१ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter लमजुङ । लमजुङ र मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६…





