एकान्तकुनामा दीर्घकालीन समाधानको प्रयास, सडक भत्काएर ढल निकास व्यवस्थापन सुरु

ललितपुर । प्रभावकारी ढल निकासको अभावमा बर्सेनि सडक भासिने समस्या दोहोरिँदै आएको ललितपुरको एकान्तकुनामा दीर्घकालीन समाधानका लागि निर्माण कार्य अघि बढाइएको छ ।

वर्षाको समयमा जमेको पानीको उचित निकास नहुँदा सडक कमजोर बन्दै भासिने तथा सडकको पर्खालसमेत भत्किने जोखिम बढेपछि सडकको एक भाग भत्काएर ढल निकास व्यवस्थापनको काम सुरु गरिएको हो ।

सम्बन्धित निकायका अनुसार वर्षायाममा देखिँदै आएको समस्या स्थायी रूपमा समाधान गर्ने उद्देश्यले सडकमुनिको संरचना सुधार, पानी निकासको व्यवस्थापन तथा आवश्यक प्राविधिक काम अघि बढाइएको छ ।

सडक भासिने समस्या दोहोरिन नदिन दीर्घकालीन योजना बनाएर काम भइरहेको र निर्माण सम्पन्न भएपछि एकान्तकुना क्षेत्रमा वर्षाका कारण हुने क्षति कम हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले भने कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
353 Shares