नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायज्यूलाई खुला आग्रह

तपाईंले आज २०८३ साउन १८गते सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको “दुनियामा वेश्यावृत्तिको उच्चतम दर भएका १० देश” सम्बन्धी स्टाटसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यतिबेला हाम्रो देशको तराई–मधेस क्षेत्रमा, विशेषगरी सुनसरीबाट सुरु भएको स्थानीय विवाद विस्तार हुँदै केही स्थानमा हिन्दू र मुस्लिम समुदायबीच धार्मिक द्वन्द्वले तनावको रूप लिएको छ। यस्तो संवेदनशील अवस्थामा सम्पूर्ण शान्तिप्रिय नेपाली नागरिक, राज्य संयन्त्र, राजनीतिक नेतृत्व, धार्मिक अगुवा तथा समाजका बौद्धिक वर्गको पहिलो दायित्व सामाजिक सद्भाव, संयम र शान्ति कायम गर्नु हो।

तर तपाईं देशको पूर्वसचिव समेत रहेको र अनुभवी बौद्धिक तथा सार्वजनिक व्यक्तित्व हुनुहुन्छ। त्यसैले तपाईंका अभिव्यक्तिले समाजलाई विभाजन होइन, अन्तरघुलित एकता र प्रेममा दिशातर्फ डोर्‍याउनुपर्ने अपेक्षा स्वाभाविक हो र रहनेछन् । तर आजको तपाईंको अभिव्यक्तिले परिस्थिति झन् संवेदनशील बनाउने जोखिम बोकेको देखिन्छ। पछिल्ला केही वर्षदेखि तपाईंका कतिपय सार्वजनिक अभिव्यक्तिहरूले पनि सामाजिक सद्भावमा अनावश्यक तनाव सिर्जना गरेको अनुभूति धेरैले गरेका छन् त्यसमा म पनि एक सचेत नागरिक हुनुको नाताले गम्भीर छु।

आज तपाइले सामाजिक संजाल मार्फत सार्वजनिक अभिव्यक्तिले संकेत गर्नु भएको वेश्यावृत्ति, अपराध, मदिरा सेवन, हत्या वा लागुऔषध कारोबारजस्ता जटिल सामाजिक समस्यालाई कुनै एक धर्मसँग जोडेर निष्कर्ष निकाल्नु न तथ्यसंगत हुन्छ, न बौद्धिक रूपमा इमानदार छ्न । बरु यस्ता समस्याका कारण सामाजिक, आर्थिक, राजनीतिक, कानुनी र ऐतिहासिक रूपमा बहुआयामिक हुन्छन्।

तपाईंले यदि धर्मकै आधारमा अरूमाथि प्रश्न उठाइएकोहो भने आफ्नै परम्पराभित्र रहेका विवादास्पद विषयहरूलाई पनि इमानदारीका साथ हेर्नुपर्छ कि नाइ ? हिन्दू समाजभित्र रहेका जातीय विभेद, छुवाछुत, दाइजो, बालविवाह, महिलामाथिको हिंसा,सतीप्रथा , मानव बेचबिखन तथा धार्मिक परम्परासँग जोडिएका विवादित अभ्यासहरूको समीक्षा पनि उत्तिकै आवश्यक छ। त्यसैगरी, कृष्णसँग सम्बन्धित १६,०००/१६,१०८ रानी तथा गोपीनिहरूको प्रसंगबारे पनि विभिन्न धार्मिक व्याख्याहरू छन्। त्यसैले आफ्ना परम्पराका विषयलाई सन्दर्भसहित व्याख्या गर्ने तर अरू धर्ममाथि एकपक्षीय आरोप लगाउने प्रवृत्तिले निष्पक्ष बहस निर्माण गर्दैन। यदि तपाइको बौद्धिकता समाज र राष्ट्रहितमा दिने होभने समान रूपमा व्याख्या गरेर इमानदार सहि किसिमको तर्क किन नगर्ने ?

देशका तराई मधेसमा विगत करिब एक सातादेखि धार्मिक तनाव कम गर्न राज्य, धार्मिक नेतृत्व र नागरिक समाजले प्रयास गरिरहेका छन्। यस्तो बेला हामी शिल्पी (दलित) समुदाय, जसले शताब्दीयौँदेखि विभेद, बहिष्कार र अमानवीय व्यवहार सहँदै पनि सामाजिक सद्भावको पक्षमा उभिएका छौँ, समाजमा शान्ति कायम रहोस् भन्ने चाहना राख्छौँ। त्यसैले तपाईँजस्ता बौद्धिक व्यक्तित्वबाट समाजलाई जोड्ने, घाउमा मलम लगाउने र विश्वास जगाउने अभिव्यक्ति आउने अपेक्षा हुन्छ।

तर तपाईंको आजको अभिव्यक्तिले भने तराई–मधेसमा बलिरहेको तनावमाथि थप उत्तेजना सिर्जना गर्न सक्ने चिन्ता उत्पन्न गरेको छ। अझै भन्नेहोभने जल्दै गरेको आगोमा घिउ थप्ने गरेको छ यस्तो अवस्थामा सार्वजनिक अभिव्यक्तिले आगोमा घिउ थप्ने होइन, आगो निभाउने भूमिका खेल्नुपर्छभन्ने सदबुद्दीको कामना गर्दछु ।

अन्त्यमा, विनम्र आग्रह छ—कृपया आफ्नो बौद्धिक क्षमता समाजलाई विभाजित गर्न होइन, जोड्न प्रयोग गर्नुहोस्। घृणा, अविश्वास र धार्मिक ध्रुवीकरण फैलाउने अभिव्यक्तिभन्दा शान्ति, सहअस्तित्व, आपसी सम्मान र राष्ट्रिय एकताको पक्षमा उभिनुहोस्। यही नै आजको नेपाल र सम्पूर्ण शान्तिप्रिय नेपाली नागरिकको साझा अपेक्षा हो।

त्यसैले आदरणीय भीम उपाध्य जी, आफ्नो आँखाको मुढा नदेख्नेले अरूको आँगको जुम्रा गन्न सुहाउँदैन।

वेश्यावृत्ति, अपराध, मदिरा सेवन, हत्या वा लागुऔषध कारोबारजस्ता जटिल सामाजिक समस्यालाई कुनै एक धर्मसँग जोडेर निष्कर्ष निकाल्नु न तथ्यसंगत हुन्छ, न बौद्धिक रूपमा इमानदार।

खुला बहस गरौं, धर्मकै हिन्दू समाजभित्र रहेका जातीय विभेद, छुवाछुत, दाइजो, बालविवाह, महिलामाथिको हिंसा र धार्मिक आडमा भएका विकृतिहरू धार्मिक परम्परा बारे हिम्मत गर्नुहुन्छ ?

त्यसैगरी, भगवान कृष्णसँग सम्बन्धित १६,००० वा १६,१००/१६,१०८ रानी तथा गोपीहरूसम्बन्धी कथाहरूलाई पनि प्रसंग, प्रतीकात्मक अर्थ र परम्परागत व्याख्यासहित स्पष्ट गर्नुपर्ने हुन्छ। फगत तथ्यलाई आफ्नो पक्षअनुकूल प्रस्तुत गर्नु तर्क होइन, पूर्वाग्रह हो। सत्यको खोजी गर्ने हो भने सबै धर्म, सबै समाज र सबै परम्परालाई एउटै मापदण्डमा राखेर समीक्षा गर्नुपर्छ। त्यही नै बौद्धिक इमानदारी र सामाजिक सद्भावको आधार हो।

दल मर्दन कामी

Facebook Comments Box
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन…

TOP
45 Shares