

दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लु फैलियो, दिल्लीमा सङ्क्रमित आठ गुणाले बढे

नयाँ दिल्ली । भारतका दिल्लीसहित कम्तीमा छ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्वास्थ्य निकायहरूले उच्च सतर्कता अपनाएका छन्। सङ्क्रमणको दर बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, पञ्जाबलगायतका राज्यले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ सङ्क्रमित पुष्टि भएका छन्। तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ अर्थात् स्वाइन फ्लु देखिएको छ। गत वर्ष यही अवधिमा एच१एन१ का जम्मा २ सय २९ सङ्क्रमित भेटिएकामा यस वर्ष बिरामीको सङ्ख्या करिब आठ गुणाले बढेको देखिएको छ।
अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ सङ्क्रमित थपिएका थिए। सोही अवधिमा एच३ का १ सय ३८ र एच१ का ३७ सङ्क्रमित पनि पुष्टि भएका छन्।
स्वाइन फ्लुको सङ्क्रमण दिल्लीमा मात्रै सीमित छैन। उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना सङ्क्रमित भेटिएका छन्। उत्तर प्रदेशमा अगस्ट २० सम्म पुष्टि भएका अधिकांश सङ्क्रमित राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेको जनाइएको छ। मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ जना सङ्क्रमित उपचाररत छन्।
महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म एच१एन१ का ३ सय ९ सङ्क्रमित पुष्टि भएका छन्। गत वर्ष सोही अवधिमा ७२ जना मात्रै सङ्क्रमित भेटिएकामा यस वर्ष सङ्क्रमितको सङ्ख्या चार गुणाभन्दा बढीले बढेको छ। छत्तीसगढमा समेत एक जना सङ्क्रमित भेटिएको जनाइएको छ।
आईसीएमआर भन्छ– आत्तिनुपर्दैन, सतर्कता आवश्यक
सङ्क्रमण बढे पनि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले अहिले फैलिरहेको एच१एन१ भाइरस कुनै नयाँ भेरियन्ट नभएको स्पष्ट पारेको छ। परिषद्का अनुसार यो भाइरस सन् २०२५ देखि नै भारतमा रहेको र निरन्तर निगरानीमा राखिएको छ।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले बढ्दो सङ्क्रमणबीच अवस्थाको समीक्षा गरेका छन्। समीक्षा क्रममा रोगको निगरानी थप प्रभावकारी बनाउने, परीक्षणको दायरा विस्तार गर्ने, अस्पतालको तयारी सुनिश्चित गर्ने तथा सङ्क्रमितलाई समयमै उपचार उपलब्ध गराउने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
गम्भीर अवस्थामा पुग्न सक्ने बिरामीको समयमै पहिचान गर्न पनि राज्यहरूलाई विशेष ध्यान दिन भनिएको छ।
विश्व स्वास्थ्य संगठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले अहिले देखिएको सङ्क्रमण मौसमी इन्फ्लुएन्जासँग सम्बन्धित रहेको बताएकी छन्। उनका अनुसार निगरानी प्रणाली प्रभावकारी हुनु र परीक्षणको दायरा विस्तार गरिनुले पनि सङ्क्रमितको सङ्ख्या बढी देखिएको हुन सक्छ।
उनले सर्वसाधारणलाई आत्तिनुभन्दा सतर्क रहन सुझाव दिएकी छन्। विशेषगरी उच्च जोखिममा रहेका व्यक्तिले भीडभाडबाट जोगिनुका साथै खोकी, रुघाखोकी तथा ज्वरोका लक्षण देखिएमा आवश्यक सावधानी अपनाउन र समयमै स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्नेमा उनले जोड दिएकी छन्।
भारतका विभिन्न राज्यमा एच१एन१ सङ्क्रमण तीव्र रूपमा बढिरहँदा स्वास्थ्य निकायहरूले भने जनस्वास्थ्य सुरक्षाका लागि निगरानी, परीक्षण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन थालेका छन्।
समाज
थप सामाग्री-
आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष धनको मामिलामा राहत मिल्नेछ। आफ्नो कामको कदर हुनेछ। आफन्तसँगको भेटघाटले…





