

विगत ३५ वर्षको हिसाब होइन, अबको ३५ वर्षको योजना बनाऔँ : रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाबकिताब माग्दै हिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी र असफलतामा मात्रै केन्द्रित हुनुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
उनले विगतमा राजनीतिक दल र नेताहरूलाई दोष लगाएर आफूलाई अब्बल देखाउने अवस्था भए पनि अहिले त्यसरी अघि बढ्ने समय नरहेको बताए। “अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुपर्छ,” उनले भने।
लामिछानेले देश निर्माणका लागि आगामी पुस्ताको भविष्यलाई केन्द्रमा राखेर दीर्घकालीन सोच र योजना आवश्यक रहेको बताए। विगतमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामको सम्मान गर्दै धन्यवाद दिनुपर्ने उनको भनाइ थियो।
उनले विगतका कमजोरीलाई निरन्तर आलोचना गरिरहनुभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी वर्तमान पुस्ताको हातमा रहेको बताए। रास्वपाका नेता–कार्यकर्तालाई पनि त्यसतर्फ केन्द्रित भएर नीति, संगठन र नेतृत्व निर्माणमा जुट्न उनले आग्रह गरे।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





