

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

650Views
15
Shares
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजकाे चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापक/लेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेकाे हाे ।
शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापक/लेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएकाे छ ।
सहायक प्राध्यापक/लेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएम/एमडी (५ वर्षे) तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, रेडियोडायग्नोसिस (इन्टरभेन्सनल रेडियोलोजी), बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजी सम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ । विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने र उम्मेदवारहरूले तोकिएको योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्ने बताइएकाे छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । साथै, आफ्नो बायोडाटा तथा आवश्यक कागजात [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ ।
उम्मेदवारहरूले आवेदन दिनुअघि सम्बन्धित पदका लागि तोकिएका योग्यता, अनुभव तथा अन्य आवश्यक सर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ । कलेजले गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट चिकित्सा शिक्षा र करुणामय सेवाका लागि समर्पित हुँदै स्वास्थ्य क्षेत्रमा समर्पित हुने चाहने दक्ष जनशक्तिलाई आफ्नो संस्थासँग जोडिन आह्वान गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष धनको मामिलामा राहत मिल्नेछ। आफ्नो कामको कदर हुनेछ। आफन्तसँगको भेटघाटले…





