कालीमाटी बजारमा आजका तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ९० रुपैयाँ र भारतीय १०० रुपैयाँ तोकिएको छ। गोलभेँडा सानो लोकल ५५ तथा टनेल ७३ रुपैयाँ रहेको छ। आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३, भारतीय ४० तथा आलु सेतो प्रतिकिलो ३८ रुपैयाँ निर्धारण गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ।

त्यस्तै, गाजर लोकल प्रतिकिलो १२०, तराई ८०, बन्दा लोकल ४५, स्थानीय काउली ११०, रातो मूला ३०, सेतो मूला हाइब्रिड ३५, लाम्चो भन्टा ३० र डल्लो भन्टा ६० रुपैयाँ कायम भएको छ।

बोडी तने प्रतिकिलो ९०, मकै बोडी १२०, घिउ सिमी लोकल तथा हाइब्रिड १००–१००, टाटे सिमी ८०, भटमास कोसा १३०, तीते करेला ५०, लौका ६०, परवर ८०, चिचिण्डो र घिरौँला ३०–३०, झिगुनी ७०, पाकेको फर्सी तथा हरियो फर्सी ६०–६०, भिन्डी ५०, पिँडालु ८० र स्कुस प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १२०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ छ। कन्य च्याउ ३००, डल्ले च्याउ ५००, राजा च्याउ ३३० तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।

कुरिलो प्रतिकिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन २५०, रातो बन्दा ५०, जिरीको साग र सेलरी ५००–५००, पार्सले १ हजार ८००, सौफको साग १५०, पुदिना ७००, गान्टेमूला १५०, इमली १८०, तामा र तोफु १६०–१६०, गुन्द्रुक ३५० तथा रुख टमाटर प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५०, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती ३००, अनार ३००, मालदह आँप २८०, चोसा आँप २५० र हरियो तरबुजा प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ।

त्यसैगरी जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो २०, लोकलक्रस काँक्रो ५०, रुखकटहर ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २५०, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, एभोकाडो २५०, अमला २००, काँचो नरिवल ८० तथा हरियो नरिवल प्रतिकिलो १७० रुपैयाँ रहेको छ।

ड्रागन फ्रुट नेपाली प्रतिकिलो ५००, अदुवा २३०, सुकेको खुर्सानी ५५०, हरियो खुर्सानी लाम्चो र बुलेट ७०–७०, माछे खुर्सानी ५०, अकबरे खुर्सानी ३०० तथा भेडे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ।

हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ ५००, सुकेको चिनियाँ लसुन २३०, नेपाली सुकेको लसुन २००, सुकेको तथा हरियो छ्यापी २००–२०० रुपैयाँ निर्धारण गरिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार, ताजा रहु ३७०, बचुवा ३४० र छडी माछा प्रतिकिलो ३५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

समितिले निर्धारण गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले खुद्रा बजारमा भने स्थान, गुणस्तर र मागअनुसार मूल्य केही फरक हुन सक्नेछ।

Facebook Comments Box
TOP
15 Shares