

गरिमा हत्या प्रकरण : आरोपीको बयान भिडियो खिचेको आरोपमा प्रहरी पक्राउ

काठमाडौं । बाराकी दुई वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा आरोपी किशोरको बयानको भिडियो खिचेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
आरोपी किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले भिडियो कसले खिचेको भन्ने विषयमा आन्तरिक अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा भिडियो खिच्ने कार्यमा संलग्न रहेको आरोपमा एक प्रहरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। बयान कक्षमा भइरहेको संवेदनशील प्रक्रियाको भिडियो खिच्नु गम्भीर विषय भएकाले पक्राउ परेका प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी गरिएको उनले बताए।
प्रहरीका अनुसार भिडियो खिचिएको क्रममा पाँच जना प्रहरी देखिएका छन्। उनीहरूमध्ये अन्य प्रहरीको संलग्नता, भिडियो खिच्नुको उद्देश्य तथा भिडियो सार्वजनिक गर्ने प्रक्रियाबारे समेत अनुसन्धान भइरहेको छ।
यता, प्रहरीको बयान कक्षबाटै संवेदनशील भिडियो बाहिरिएर सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो र कसको संलग्नतामा सार्वजनिक भयो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष धनको मामिलामा राहत मिल्नेछ। आफ्नो कामको कदर हुनेछ। आफन्तसँगको भेटघाटले…





