

अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित तथा असंसदीय शब्दहरू संसद्को आधिकारिक अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सभामुख अर्यालले भदौ १ र भदौ ३ गते बसेका प्रतिनिधि सभाका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द तथा वाक्यांश संसद्को गरिमा र मर्यादाविपरीत रहेको ठहर गर्दै सङ्घीय संसद् सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
निर्देशनअनुसार भदौ १ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्दहरू संसद्को आधिकारिक रेकर्डबाट हटाइनेछ।
त्यसैगरी, भदौ ३ गतेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द तथा वाक्यांश पनि अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्। थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ लगायतका शब्दहरू हटाउन सचिवालयलाई निर्देशन दिइएको छ।
संसद्मा बोल्दा मर्यादित, जिम्मेवार र संसदीय भाषाको प्रयोग गर्नुपर्ने तथा कसैको मानमर्दन हुने वा संसद्को गरिमामा आँच पुग्ने शब्द चयन नगर्न सांसदहरूको ध्यानाकर्षण गराइएको छ।
सभामुखको निर्देशनपछि सङ्घीय संसद् सचिवालयले ती शब्द तथा वाक्यांशहरू संसद्को आधिकारिक अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





