आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले बजारको आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक विनिमय दरका लागि नेपाल राष्ट्र बैङ्कको वेबसाइट हेर्न सकिने जनाएको छ।

Facebook Comments Box
TOP
163 Shares