

भोटेकोशी बाढीको क्षतिबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा प्रभावित नागरिकलाई राहत र सुरक्षित पुनर्स्थापनाको आवश्यकता बढ्दै गएको छ।
रास्वपाका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, खोजी तथा उद्धार कार्यको प्रभावकारिता, राहत वितरण र प्रभावितको पुनर्स्थापनालगायत विषयमा छलफल हुनेछ।
विपद्को समयमा सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै रास्वपाले सर्वदलीय बैठकमार्फत साझा धारणा र आवश्यक पहलका विषयमा छलफल गर्न लागेको जनाएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





