

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, खोजी तथा उद्धार जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६२ पुगेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण विभिन्न जिल्लामा १६२ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार बाढीपछि चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २६, धादिङमा २०, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा नौ, रसुवामा दुई र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ।
बाढीमा परी ४१ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिँदा नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीमा बगेका तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ। सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उपचार, उद्धार तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्र परिचालन भइरहेका छन्।
बाढीको प्रभाव अझै कायम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान सुरक्षा निकायले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
आज भदौ ११ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
सूचना माग्नेलाई निवेदनसमेत दर्ता नगर्ने पोखरिया अस्पतालका मेसुमाथि प्रश्न
-
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म, सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना दिने तयारी
-
टिमुरेमा आकस्मिक बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन
-
आज भदौ १० गते बुधबार, यस्तो छ तपाईंको राशिफल
‘नाडा अटो शो २०२६’ आजदेखि, भृकुटीमण्डपमा दुई सयभन्दा बढी स्टल
२ दिन अगाडि
1.6kViews 481 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक…





