

रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दु:ख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारसँग आग्रह गरेको छ ।
महासंघले बाढीका कारण बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यवसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।
कतिपय नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन महासंघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ ।
महासंघले प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।
आगामी दिनमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा व्यवसायिक क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम लागू गर्नुपर्ने महासंघले जनाएको छ ।
राहत तथा पुनस्र्थापनाका कार्यमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश, जिल्ला र स्थानीय पदाधिकारी तथा प्रतिनिधिसँग समन्वय गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।
महासंघले विपद्को यस घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ । महासंघले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
समाज
थप सामाग्री-
रसुवा बाढीमा कोशीका १३० जना अझै सम्पर्कविहीन, ८ जना सम्पर्कमा आए
-
प्राकृतिक बाँधसहित बनेको ताल फुट्ने उच्च जोखिम, चीनद्वारा तीन दिनको चेतावनी
-
आज भदौ ११ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
सूचना माग्नेलाई निवेदनसमेत दर्ता नगर्ने पोखरिया अस्पतालका मेसुमाथि प्रश्न
-
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म, सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना दिने तयारी
टिमुरेमा आकस्मिक बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन
२ दिन अगाडि
1.3kViews 416 Shares Share on Facebook Share on Twitter रसुवा । रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले…





