

उद्धार तथा राहतका लागि चेम्बर अफ कमर्सले प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद्का बेला खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री र २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन्।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कंडेललगायतको उपस्थिति थियो।
चेम्बरका अनुसार विपद्बाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र, प्रभावकारी र प्रविधिमैत्री बनाउन ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउनेछ। विशेषगरी कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानवीय पहुँच सीमित हुने अवस्थामा ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान र उद्धार कार्यको समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्राकृतिक विपद्का समयमा तत्काल सूचना संकलन तथा जोखिमयुक्त स्थानको निगरानीमा प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा चेम्बरले उपलब्ध गराएको ड्रोनले नेपाल प्रहरीको विपद् प्रतिकार्य क्षमता थप सुदृढ गर्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





