

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध तथा एकतर्फी भएको छ।
बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको त्रिशूली–मैैलुङ–स्याफ्रुबेसी सडकखण्ड तथा नुवाकोटका मुख्य सडकहरू बाढीका कारण बन्द छन्।
बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै विपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङका ज्वाङखोला, गल्छी, बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यस्तै, कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडकखण्डमा यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग पहिरोका कारण ठप्प भएको छ भने कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडकखण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैबीच, काठमाडौं उपत्यकाको मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडकखण्ड भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
लगातार वर्षा भइरहेकाले सडकमा थप बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भन्दै नेपाल प्रहरीले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
-
गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै व्यङ्ग्य र प्रहसनको पर्व
-
बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
-
रसुवा बाढीपछि सम्पर्कविहीन इन्स्पेक्टर यादव सकुशल, उद्धारमै खटिँदै
-
बाढी प्रभावित तीन जिल्लाका एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालनमा
रसुवा बाढीमा कोशीका १३० जना अझै सम्पर्कविहीन, ८ जना सम्पर्कमा आए
२३ घण्टा अगाडि
1.0kViews 15 Shares Share on Facebook Share on Twitter विराटनगर । रसुवामा गएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट…





