

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

काठमाडौं । बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेर रकम निकाल्ने २९ जनालाई धादिङबाट पक्राउ गरिएको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको छ।
बाढीका कारण बगाएर ल्याइएको बैंकको सेफ फेला पारेपछि पक्राउ परेकाहरूले उक्त सेफ फुटाएर त्यसमा रहेको रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सेफ फुटाएर रकम निकालिएको सूचनापछि संयुक्त सुरक्षा टोलीले खोजी अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले बरामद नगदसहित पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूले सेफ कहाँबाट बगाएर आएको थियो र घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





