

भोटेकोशी बाढीमा ज्यान गुमाएका असई रामहरि खड्काको दाहसंस्कार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्काको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिअघि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले खड्काको पार्थिव शरीरमा प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
इलाका प्रहरी कार्यालय टिमुरेको सञ्चार शाखामा कार्यरत खड्का भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीसँगै सम्पर्कविहीन भएका थिए। बाढीपछि उनको खोजी भइरहेकोमा शनिबार चितवनमा शव फेला परेको थियो।
रामेछापको मन्थली नगरपालिका–४, कबिलासका स्थानीय खड्का कर्तव्य पालनाका क्रममा बाढीमा परी ज्यान गुमाएका हुन्।
यसअघि प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल पनि मृत अवस्थामा फेला परेका थिए। पौडेलको शवसमेत चितवनस्थित नारायणी नदीको किनारमा भेटिएको थियो।
भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजी र उद्धार कार्य जारी छ।
समाज
थप सामाग्री-
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि एडीबीले ६७ करोड रुपैयाँ सहयोग गर्ने
-
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
-
गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै व्यङ्ग्य र प्रहसनको पर्व
-
बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
रसुवा बाढीपछि सम्पर्कविहीन इन्स्पेक्टर यादव सकुशल, उद्धारमै खटिँदै
१ दिन अगाडि
1.0kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्कविहीन…





