पर्सामा ११४ किलो गाँजासहित कार बरामद, २१ वर्षीय युवक पक्राउ

पर्सा ,२० भदौ

पर्साको तिलावेपुल देखि भिष्वा जाने सडकखण्ड अन्तर्गत पकहामैनपुर गाउँपालिका–१ स्थित बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित गाँजा ओसारपसारमा प्रयोग भएको कार एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्त रूपमा खटिएको टोलीले तिलावे पुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कार रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाएर राखिएको ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले गाँजा र कार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन।

प्रहरीले पछिल्लो समय पर्साका विभिन्न सीमा तथा ग्रामीण सडकमार्फत लागूऔषध ओसारपसार हुने गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares