
भारतीय स्ट्यान्ड–अप कमेडियन शारोन वर्मा काठमाडौंमा लाइभ प्रस्तुति दिँदै

काठमाडौं । भारतीय चर्चित स्ट्यान्ड–अप कमेडियन शारोन वर्माले नेपालमा आफ्नो हास्य प्रस्तुति दिने भएकी छन्। उनको विशेष स्ट्यान्ड–अप कमेडी कार्यक्रम ‘शारोन वर्मा लाइभ’ आगामी आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुँदैछ।
पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ। भारतमा स्ट्यान्ड–अप कमेडीमार्फत लोकप्रियता हासिल गरेकी वर्माले पछिल्लो समय चर्चित कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’मा सहभागितापछि थप चर्चा बटुलेकी थिइन्।
वर्माले भारतसँगै विभिन्न मुलुकमा स्ट्यान्ड–अप कमेडी प्रस्तुति दिँदै आएकी छन्। उनको प्रस्तुतिमा समसामयिक विषय, दैनिक जीवनका अनुभव तथा हास्यव्यङ्ग्यलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने गरिन्छ।
लाइभ स्टेज प्रस्तुतिसँगै वर्मा सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लाटफर्ममा समेत सक्रिय छिन्। काठमाडौंमा हुने उनको प्रस्तुति नेपाली दर्शकका लागि प्रत्यक्ष रूपमा उनको हास्यशैली अनुभव गर्ने अवसरका रूपमा हेरिएको छ।
पिनाकल इन्टरटेनमेन्टले कार्यक्रमलाई मनोरञ्जनात्मक र विशेष बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ। काठमाडौंमा पहिलोपटक प्रस्तुति दिन लागेकी वर्माको ‘शारोन वर्मा लाइभ’ले नेपाली दर्शकमाझ समेत राम्रो उत्साह सिर्जना गर्ने अपेक्षा आयोजकको छ।
समाज
थप सामाग्री-
नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन
-
आज असोज ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter लमजुङ । लमजुङ र मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६…





