
भारतीय स्ट्यान्ड–अप कमेडियन शारोन वर्मा काठमाडौंमा लाइभ प्रस्तुति दिँदै

काठमाडौं । भारतीय चर्चित स्ट्यान्ड–अप कमेडियन शारोन वर्माले नेपालमा आफ्नो हास्य प्रस्तुति दिने भएकी छन्। उनको विशेष स्ट्यान्ड–अप कमेडी कार्यक्रम ‘शारोन वर्मा लाइभ’ आगामी आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुँदैछ।
पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ। भारतमा स्ट्यान्ड–अप कमेडीमार्फत लोकप्रियता हासिल गरेकी वर्माले पछिल्लो समय चर्चित कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’मा सहभागितापछि थप चर्चा बटुलेकी थिइन्।
वर्माले भारतसँगै विभिन्न मुलुकमा स्ट्यान्ड–अप कमेडी प्रस्तुति दिँदै आएकी छन्। उनको प्रस्तुतिमा समसामयिक विषय, दैनिक जीवनका अनुभव तथा हास्यव्यङ्ग्यलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने गरिन्छ।
लाइभ स्टेज प्रस्तुतिसँगै वर्मा सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लाटफर्ममा समेत सक्रिय छिन्। काठमाडौंमा हुने उनको प्रस्तुति नेपाली दर्शकका लागि प्रत्यक्ष रूपमा उनको हास्यशैली अनुभव गर्ने अवसरका रूपमा हेरिएको छ।
पिनाकल इन्टरटेनमेन्टले कार्यक्रमलाई मनोरञ्जनात्मक र विशेष बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ। काठमाडौंमा पहिलोपटक प्रस्तुति दिन लागेकी वर्माको ‘शारोन वर्मा लाइभ’ले नेपाली दर्शकमाझ समेत राम्रो उत्साह सिर्जना गर्ने अपेक्षा आयोजकको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





