
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

1.8kViews
15
Shares
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ ।
उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ ।
महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ ।
महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले मिडिया सेन्टरलाई आवश्यक तयारीसहित सञ्चालनका लागि तयार अवस्थामा राखिएको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
-
धरातल बिर्सनुभयो कि संघर्षको आवाज बन्नुभयो? खगेन्द्र सुनारलाई दल मर्दन कामीको कठोर प्रश्न
-
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
-
आज असोज १७ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’
प्रहरीको नम्रता कमजोरी नठानौँ
२ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीले आफ्नो कर्म, कर्तव्य र सेवाभावबाट नेपाली जनताको दया होइन,…





