वरिष्ठ पत्रकार हरि लम्सालको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। फोक्सोसम्बन्धी समस्याको उपचारका क्रममा ह्याम्स अस्पतालमा उनको निधन भएको हो।

लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापतिसमेत हुन्। नेपाली पत्रकारितामा पाँच दशकभन्दा बढी समय सक्रिय रहेका उनले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्वसमेत गरेका थिए।

उनको निधनप्रति नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले दुःख व्यक्त गरेका छन्। दाहालले नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय लम्सालको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताएका छन्।

स्वर्गीय लम्सालका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रमा शोक छाएको छ।

Facebook Comments Box
TOP
15 Shares