
पानस हर्बल उद्योगले बजारमा ल्यायो ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’

काठमाडौं । पानस हर्बल उद्योग प्रालिले विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ बजारमा ल्याएको छ।
प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको उक्त आयुर्वेदिक मालिस तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर र जैतुनलगायतका सामग्री समावेश गरिएको उद्योगले जनाएको छ।
उद्योगका अनुसार यो तेल जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ र तन्किने समस्यामा मालिसका लागि प्रयोग गर्न सकिन्छ। मालिस गर्दा शरीरमा आराम तथा ताजगीको अनुभूति हुनुका साथै दैनिक थकान र मांसपेशीमा हुने असहजतामा समेत प्रयोग गर्न सकिने जनाइएको छ।
२०० मिलिलिटरको उक्त तेलमा जाइफलको मालिस तेल ३० मिलिलिटर, लसुनको मालिस तेल २४ मिलिलिटर, तुलसीको मालिस तेल २० मिलिलिटर, ल्वाङको मालिस तेल ६ मिलिलिटर, एलोभेरा २० मिलिलिटर, अजवाइनको मालिस तेल ३० मिलिलिटर, युकालिप्टसको मालिस तेल ३० मिलिलिटर, पेपरमिन्टको मालिस तेल १० मिलिलिटर, भीमसेनी कपूरको मालिस तेल ३ मिलिलिटर र जैतुनको मालिस तेल २७ मिलिलिटर समावेश गरिएको छ।
प्रयोगका लागि दुखाइ वा असहजता भएको भागमा आवश्यक मात्रामा तेल लगाई हल्का हातले केही समय मालिस गर्न सकिनेछ। आवश्यकता अनुसार दिनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्न सकिने उद्योगले जनाएको छ।
उक्त तेल बाह्य प्रयोगका लागि मात्र रहेको जनाइएको छ। बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्ने, आँखा तथा खुला घाउमा प्रयोग नगर्नुपर्ने तथा चिसो र ओभानो स्थानमा प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगाएर राख्नुपर्ने सावधानी दिइएको छ। प्रयोगका क्रममा कुनै असामान्य प्रतिक्रिया देखिएमा प्रयोग बन्द गरी स्वास्थ्यकर्मीको सल्लाह लिन सुझाव दिइएको छ।
जैतुन मिश्रित आयुर्वेदिक मालिस तेलको परिमाण २०० मिलिलिटर रहेको छ। यसको उत्पादक पानस हर्बल उद्योग प्रालि., काठमाडौं, नेपाल र बजार व्यवस्थापक अस्मी वेलनेस इन्डस्ट्रिज, ललितपुर, नेपाल रहेका छन्।
उत्पादनको दर्ता नम्बर २५/३७७/०७४/०७५, औषधि व्यवस्था विभाग नम्बर ३८६/०८१/०८२ तथा उत्पादन सूची नम्बर ११/०८३/०८४–पिएचयु–०२ रहेको छ।
समाज
थप सामाग्री-
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
-
धरातल बिर्सनुभयो कि संघर्षको आवाज बन्नुभयो? खगेन्द्र सुनारलाई दल मर्दन कामीको कठोर प्रश्न
-
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
-
आज असोज १७ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’
प्रहरीको नम्रता कमजोरी नठानौँ
२ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीले आफ्नो कर्म, कर्तव्य र सेवाभावबाट नेपाली जनताको दया होइन,…





