नेपाली कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा मीनकृष्ण महर्जनको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्व युवा तथा खेलकुद मन्त्री, समाजसेवी, विकास प्रेमी नेताको रुपमा परिचित भइसकेका प्रदेश माननीय मीनकृष्ण महर्जनले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
युवाहरुमाझ अत्यन्तै लोकप्रिय नेताको रुपमा परिचित महर्जनलाई विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी, ललितपुर, काठमाडौं, भक्तपुरलगायतका महाधिवेशन प्रतिनिधि र देशभरीका महाधिवशेन प्रतिनिधिहरुकै समर्थनमा आफूले केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी घोषणा गरेको महर्जनले जानकारी गराएका छन् ।
ललितपुर क्षेत्र नं. १ ‘ख’ प्रदेशबाट अत्यधिक मतसहित प्रदेश सभा सदस्य विजयी भएका महर्जनले सो क्षेत्रमा विकासको मुल नै फुटाएर सो क्षेत्रका जनताको विश्वास जितिसकेका छन् । दोस्रो कर्णालीको रुपमा रहेको ललितपुर क्षेत्र नं. १ मा अहोरात्र खटी सो क्षेत्रका जनताको आवश्यकता पुरा गर्नुका साथै बत्ती, पानी, स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान, घर—घरमा सडक पुर्याउन महत्वपूर्ण भूमिका खेलेकै कारण महर्जनलाई विकास प्रेमी नेताको रुपमा चोक—चोक र चिया पसलमा जनताहरु वर्णन गर्दै आइरहेका छन् ।
महर्जन आफ्नो क्षेत्रमा मात्र नभई ललितपुर, काठमाडौं, भक्तपुरलगायत राष्ट्रभरि नेपाली कांग्रेसका कार्यकर्ताहरुमाझ लोकप्रिय नेताको रुपमा चिनिन्छन् । विगतमा ललितपुरमा पार्टीको कार्यक्रम हुँदा औंलाले गन्न सक्ने नेता तथा कार्यकर्ताहरु हुन्थे तर महर्जनले ललितपुर जिल्लामा नेपाली काग्रेसको युवाहरुको नेतृत्व गर्दै पार्टीको लागि अहोरात्र खटेकै कारण पछिल्लो समय ललितपुरको लोकप्रिय नेताको रुपमा परिचित छन् । कुनै पनि पार्टीको कार्यक्रममा महर्जन अगाडि बढेपछि हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति हुने गरेको घामजस्तै छर्लङ्ग भएको लुकाएर लुकाउन सकिँदैन ।आफू प्रदेश माननीय हुँदै  युवा तथा खेलकुद मन्त्री हुँदा जिल्लामा पार्टी सङ्गठन सुदृढीकरणका साथै सडक, खानेपानी, विद्युत्, स्वास्थ्य तथा विद्यालय भवन निर्माणलगायत खेलकुद क्षेत्रमा उल्लेख्य बजेट पारी ठूला ठूला योजनाका कार्यहरु गरिसकेका छन् । ललितपुर जिल्लाको पटक—पटक महासमिति सदस्य बनिसकेका महर्जनले सङ्गठन निर्माणमा पुर्याएको योगदान, प्रदेश सभा सदस्यको रूपमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई आधार बनाएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको महर्जनले जानकारी गराएका हुन।
आफ्नो राजनीतिक यात्रा, सङ्गठनप्रतिको निष्ठा र सार्वजनिक सेवाको अनुभवलाई मूल्याङ्कन गरी केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिन देशभरिका महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरिसकेका छन् ।

Facebook Comments Box
TOP
45 Shares