
१६ दिने महालक्ष्मी व्रत सम्पन्न, चन्द्रमालाई अर्घ्य दिएर गरियो समापन

काठमाडौँ । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै सम्पन्न भएको छ।
धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने उद्देश्यले श्रद्धापूर्वक लिइने यस व्रतको प्रभावले दुःख, दरिद्रता र अशान्ति नाश भई सुख, शान्ति, समृद्धि तथा वैभव प्राप्त हुने धार्मिक विश्वास रहेको छ। विशेषगरी महिलाहरूले यो व्रत लिने परम्परा रहिआएको छ।
विभिन्न धार्मिक ग्रन्थमा भगवान् शङ्करले महालक्ष्मी व्रतको विधि देवी पार्वतीलाई बताउनुभएको उल्लेख छ। व्रत तथा पूजाआराधनाबाट सांसारिक सुख–समृद्धिका साथै देहत्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वाससमेत रहेको छ।
महालक्ष्मी व्रतकथाअनुसार देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत तथा पूजाआराधना गरी महालक्ष्म्यष्टक स्तोत्रको रचना गरेका थिए। बिहान, मध्याह्न र साँझ गरी दिनमा तीनपटक महालक्ष्म्यष्टक स्तोत्र पाठ गरेमा धनधान्य, सुख–समृद्धि प्राप्त हुनुका साथै शत्रुनाश हुने धार्मिक मान्यता छ।
वैदिक परम्पराअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन विशेष रूपमा महालक्ष्मीको व्रत तथा पूजा आराधना गरिन्छ। यसबाहेक आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औँसीका दिन पनि महालक्ष्मीको विशेष पूजा गर्ने परम्परा रहेको छ।
त्यसैगरी आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गा पक्षका क्रममा महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा–आराधना गरिन्छ। धार्मिक आस्था र परम्परासँग जोडिएको महालक्ष्मी व्रतले घरपरिवारमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने विश्वासका साथ श्रद्धालुहरूले निरन्तरता दिँदै आएका छन्।
समाज
थप सामाग्री-
आसबारीबाट कुखुरा–चल्ला तस्करीको आरोप, डीएसपी कार्कीमाथि ‘लाइन’ दिएको आरोप
-
१६ दिने महालक्ष्मी व्रत सम्पन्न, चन्द्रमालाई अर्घ्य दिएर गरियो समापन
-
आजको राशिफल : कुन राशिलाई कस्तो रहला दिन?
-
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
-
धरातल बिर्सनुभयो कि संघर्षको आवाज बन्नुभयो? खगेन्द्र सुनारलाई दल मर्दन कामीको कठोर प्रश्न
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको…





