
रवि लामिछानेसँग लामो छलफलपछि प्रधानमन्त्री बालेन बिहानै सिंहदरबारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार लामो छलफल गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिहीबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह बिहानै कार्यालय पुगेका हुन्। यद्यपि, बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्ने भन्नेबारे टुंगो लागिसकेको छैन। सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरे पनि यो साता अहिलेसम्म बैठक बस्न सकेको छैन।
बुधबार प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच लामिछानेको बूढानीलकण्ठस्थित निवासमा लामो छलफल भएको थियो। छलफलमा सरकारका कामकारबाही तथा पार्टीका गतिविधिलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
स्रोतका अनुसार दुई नेताबीच निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र रास्वपाका नेता खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा उठेका प्रश्नलगायत विषयमा पनि चर्चा भएको थियो।
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भएको छलफल तथा त्यसलगत्तै प्रधानमन्त्री सिंहदरबार पुगेको घटनाक्रमलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, छलफलमा उठेका विषयमा प्रधानमन्त्रीको सचिवालय वा रास्वपाका तर्फबाट औपचारिक विवरण सार्वजनिक भएको छैन।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दुई राजदूतको नाम अस्वीकृत भएपछि आईजीपी दानबहादुर कार्कीमाथि निशाना किन?
-
आज कार्तिक १२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
जातीय विभेद र महिला हिंसाविरुद्ध कडा कारबाहीमा जोड, मन्त्री सीता बादी र आईजीपी कार्कीबीच भेटवार्ता
-
आज कार्तिक ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
छोरीको कोर्ट म्यारिजपछि एसपीमाथि सार्वजनिक कार्यक्रममा गालीगलौज र आरोप
आज कार्तिक १० गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष सकारात्मक ऊर्जाले भरिपूर्ण रहने दिन छ। कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा…





