
आज देशभर वर्षा, काठमाडौँ र पोखरामा ८० प्रतिशत सम्भावना

काठमाडौँ । शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। विशेषगरी गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने बागमती र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो तीन घण्टाको वर्षा मापनअनुसार तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा भएको छ।
विभागको पूर्वानुमानअनुसार आज दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विराटनगर र धरानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ।
आज काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा बढी ८० प्रतिशत रहेको छ। त्यस्तै जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसोको अधिकतम तापक्रम धनगढी र नेपालगन्जमा २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। जोमसोममा भने अधिकतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियस रहनेछ।
दिउँसो वर्षाको सम्भावना रहे पनि आज राति भने देशका कुनै पनि सहरमा वर्षा हुने सम्भावना नरहेको पूर्वानुमान छ। सबै सहरमा रातिको वर्षा सम्भावना शून्य प्रतिशत देखाइएको छ।
राति जुम्ला र जोमसोममा आंशिक बादल लाग्नेछ भने ओखलढुङ्गा र जिरीमा मौसम मुख्यतया सफा रहने अनुमान छ। अन्य अधिकांश सहरमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
रातिको समयमा जुम्ला र जोमसोममा चिसो बढ्नेछ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि शून्य डिग्री सेल्सियससम्म झर्ने अनुमान छ भने जोमसोमको तापक्रम माइनस १ देखि १ डिग्री सेल्सियससम्म रहनेछ। भैरहवामा भने रातिको न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
-
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
-
पत्रकार पक्राउमा सरकारकै दुईथरी बोली, प्रहरी र प्रधानमन्त्री सचिवालयको दाबीमै विरोधाभास !
-
प्रहरी महानिरीक्षकलाई पंगु बनाउने दाउमा कुमार वेन
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…





