
पहिरोले त्रिशूली–वेत्रावती सडक भासियो, यातायात पूर्ण रूपमा ठप्प

नुवाकोट । लगातारको वर्षासँगै खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–वेत्रावती सडक अवरुद्ध भएको छ। वेत्रावतीस्थित अगिटार क्षेत्रमा सडकको ठूलो हिस्सा नदीतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
लगातारको वर्षाले जमिन कमजोर बनेपछि सडकको ठूलो भाग भासिएर नदी किनारतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
सडकको बाँकी भागसमेत कमजोर अवस्थामा रहेकाले सवारीसाधन सञ्चालन गर्दा थप दुर्घटनाको जोखिम बढेको छ। वर्षा नरोकिएकाले अगिटार क्षेत्रमा थप पहिरो खस्ने तथा सडकको बाँकी भागसमेत भासिन सक्ने खतरा कायमै रहेको छ।
त्रिशूली–वेत्रावती सडक नुवाकोटको उत्तरी भेगका स्थानीयको आवागमनका लागि महत्त्वपूर्ण मार्ग हो। सडक अवरुद्ध भएपछि वेत्रावती तथा आसपासका क्षेत्रबाट त्रिशूलीलगायत अन्य स्थानमा आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।
सडकको अवस्था सामान्य नभएसम्म उक्त खण्डमा सवारीसाधन सञ्चालन नगर्नु सुरक्षित हुने देखिएको छ। सम्भावित दुर्घटनाबाट जोगिन यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
-
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
-
पत्रकार पक्राउमा सरकारकै दुईथरी बोली, प्रहरी र प्रधानमन्त्री सचिवालयको दाबीमै विरोधाभास !
-
प्रहरी महानिरीक्षकलाई पंगु बनाउने दाउमा कुमार वेन
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…





