
फेटा स्वास्थ्य चौकी घटनापछि तनाव : इन्स्पेक्टरसहित ३८ सरकारी कर्मचारीको सकुशल उद्धार

बारा । बाराको फेटा स्वास्थ्य चौकीमा गोली चलेपछि उत्पन्न तनावका क्रममा मुख्य भवनभित्र थुनिएका प्रहरी इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि तनावग्रस्त बनेको घटनास्थलमा घेरिएका सरकारी कर्मचारीलाई झन्डै दुई घण्टापछि उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार शनिबार बिहान घटना भएपछि स्वास्थ्य चौकीको मुख्य भवनभित्र इन्स्पेक्टरसहित केही निजामती कर्मचारी रहेका थिए । स्थिति बिग्रिएपछि उनीहरू भवनभित्रै घेरिएका थिए ।
बिहान साढे १० बजेदेखि भवनभित्र थुनिएका कर्मचारीलाई सुरक्षाकर्मीको पहलमा झन्डै दुई घण्टापछि सकुशल बाहिर निकालिएको हो ।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो । विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।
घटनापछि फेटा क्षेत्रमा तनाव उत्पन्न भएको छ । गोली लागेर घाइते भएका आदित्य पासवानको अवस्था र घटनाको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
-
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
-
पत्रकार पक्राउमा सरकारकै दुईथरी बोली, प्रहरी र प्रधानमन्त्री सचिवालयको दाबीमै विरोधाभास !
-
प्रहरी महानिरीक्षकलाई पंगु बनाउने दाउमा कुमार वेन
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…





