
वर्षा र पहिरोले अवरुद्ध छन् यी सडक

काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० जारी गरेको सूचनामा जनाइएको छ ।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ ।.बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।रासस
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
१ दिन अगाडि
2.4kViews 30 Shares Share on Facebook Share on Twitter सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…





