
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : मनिष मिश्र

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य मनिष कुमार मिश्रले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको बताएका छन्। उनले कानुनी बाटो हुँदाहुँदै बल प्रयोग, धरपकड, गाडी तर्साउने तथा धाकधम्की दिने कार्यले नागरिकको आवाज दबाउन नसक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले बारम्बार हुने गैरकानुनी धरपकड र धम्कीपूर्ण गतिविधिप्रति आपत्ति जनाएका हुन्।
उनले केही समयका लागि यस्ता गतिविधिबाट खुसी मनाउन सकिए पनि अन्ततः त्यसको परिणाम राम्रो नहुने टिप्पणी गरेका छन्।
‘प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो’ भन्दै उनले कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
मिश्रले गैरकानुनी धरपकड तत्काल बन्द गर्न माग गर्दै प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
-
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
-
प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
१ दिन अगाडि
2.4kViews 30 Shares Share on Facebook Share on Twitter सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…





