

एमसीसीविरुद्ध माओवादी केन्द्र ले प्रदर्शन गर्ने तयारी
काठमाडौं फागुन ४ । विप्लव बैद्यसहितका ५ राजनीतिक दलले एमसीसीका बिरुद्ध नेपाल बन्दको आब्हान गरिरहेका बेला माओवादी केन्द्रले समेत आफ्नो पार्टीले पनि बिरोध गर्ने जनाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा सांसदहरुले सदनमा विरोध जनाउने र पार्टीका जनवर्गीय संगठनहरुले बाहिर सडकमै प्रदर्शन गर्ने गरि तयारी भइरहेको समाचार स्रोतले जनाएको छ ।संसदमा मात्र गरिने बिरोध प्रभाबकारी नहुने भएपछी माओवादीद केन्द्रले सडकबाट पनि दबाव दिने उद्देश्यले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन आन्तरिक निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।एमसीसीका बारेमा निर्णय गर्न बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको आकस्मिक बैठक बोलाइएको र सो बैठकले सदन र सडक दुबैबाट एमसीसीको बिरोध गर्ने गरि निर्णय गर्ने आन्तरिक तयारी रहेको बताइएको छ ।माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन आन्तरिक निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको माओवादीका एक नेताले बताए ।यस्तै एमसीसीका बिरोधमा नेकपा (एकीकृत समाजवादी)ले आजै नयाँबानेश्वरमा प्रदर्शन गर्दैछ। नेपालमा एमसीसीको बहस सुरु भए यता विप्लव नेतृत्वको नेकपा र केही स्वतन्त्र समूहहरुले मात्र बिरोध गरेका थिए भने हाल आएर संसद र सरकारमा भएका राजनीतिक दलले समेत एमसीसी बिरुद्ध प्रदर्शन र आन्दोलन गर्ने भएका छन् ।एमसीसी सम्झुता राष्ट्रघाती भएको भन्दै नेपालमा त्यसका बिरुद्ध आन्दोलन चर्किदै गइरहेको बेला नै सरकारले सम्झौता संसदमा टेबुल गर्ने तयारी गरेपछि त्यसका बिरुद्ध निर्णायक आन्दोलनमा बिरोधकर्ताहरु उत्रेका छन् ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



