प्रचार मात्र हो कि साच्चै ? नीजि स्कुलमा पनि शत् प्रतिशत निःशुल्क?

 

काठमाडौं  माघ  ९   ।बाबुको कमाई भन्दा छोराछोरीको स्कुलमा पढाईको खर्च बढी भएर तनाव भइरहेका बेला मन्टेश्वरी पद्धतीबाट अध्ययन गराउने एउटा स्कुल, जसले नर्सरी देखि कक्षा दशसम्म विद्यार्थीलाई निःशुल्क पढाउने मात्र होइन, भर्ना शुल्क शुन्य, पोशाक वार्षिक २ जोर निःशुल्क उपलब्ध गराउने, स्कुल व्याग, कितावकापी समेत निःशुल्क दिने नीजि स्कुल पनि छन् भन्ने सुन्नु पर्दा पत्याउने कि नाई ?
प्रायः स्कुलले चर्काे शुल्क असुलेर पनि विद्यार्थीलाई उचित शिक्षा नदिएको गुनासो हामीले भोगेकै हौंला, नभए पनि सुनेका त पक्का छौं । अनी स्कुलले शिक्षाका नाममा व्यापार गरेको अर्थात् कितावकापी लगायतका स्टेशनरी सामान भनेकै पसलबाट खरिद गर्नु पर्ने, तोकिएकै ठाउँबाट पोशाक, जुत्ता, व्याग खरिद गर्नु पर्ने कयौं नाम चलेका स्कुलले समेत नियम बसाएका छन् । यो सबै स्कुल सञ्चालक कमिशनमा पल्कने, अभिभावक चर्काे खर्चमा अल्झनु पर्ने अवस्था हाम्रो अगाडी विद्यमान छँदैछ ।
तर, यसै परिवेशमा ठ्याक्कै उल्टो एउटा नीजि स्कुलले विधार्थीको अध्यन शुल्क पनि शुन्य, विद्यार्थीलाई आवश्यक स्टेशनरी, वर्षमा २ जोर पोशाक पनि निःशुल्क दिन्छ भन्ने सुन्दा अचम्म लाग्दैन र ? नीजि स्कुलले प्रत्येक वर्ष विद्यार्थीलाई एउटा कक्षाबाट अर्काे कक्षामा उर्तीण हुँदा पनि भर्ना गर्ने नाममा मोटो रकम असुल गरीरहेको परिवेशमा यो स्कुलले भने भर्ना पनि निःशुल्क गर्दै आएको छ ।
यती पढीसकेपछि तपाईंलाई पनि लाग्दो स्कुलको नाम के होला ? कहाँ होला ? कस्तो होला ?
देशकै एकमात्र नीजि विद्यालय जहाँ नर्सरी देखि कक्षा दश सम्म किताव कापी किन्नु पर्दैन स्लोगनले नै कति अभिभावकको मन जितेको होला ?
स्मल हेभेन सानो स्वर्ग नामको यो स्कुल क्षेत्रपाटी पश्चिम, ढल्को र भुरुडखेल आसपास पर्छ । विद्यार्थीलाई शत् प्रतिशत निःशुल्क अध्यनको वातावरण मिलाइरहेको यस स्कुलको आयस्रोत भने के हो ? त्यो खोजीकै विषय छ । सायद कुनै ट्र्ष्टबाट सञ्चालनमा ल्याइएको हुन सक्छ । सम्वाददाताको हिँड्दाहिँड्दैको नजरमा परेकाले समाचारको स्थान दिइएको हो । स्कुलका बारे, स्कुलबाट दिइने शिक्षाको स्तर, हालसम्म स्कुलबाट कति विद्यार्थी लाभान्यित भए भन्ने बारे बाँकी सोधपुछ कार्य जारी छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares