

अमेरिकाको धम्की बलमिच्याई हो:दुलाल
काठमाडौं फागुन ७ । पछिल्लो समय नेपालमा अमेरिकी साम्राज्यवाद र दक्षिणी विस्तारवादले इतिहास देखि वर्तमानसम्म नेपालको राजनीतिमा प्रत्येक्ष वा अप्रत्येक्ष हाली मुहाली जमाएको छ । हाल आएर नेपालको भुराजनितिक र राजनीतिक स्थिरताको बिच खेल खेल्न एम.सि.सि नामक अनुदानले रक्तपात सृजना हुँदै छ । यश विषयमा कुसल राजनितिज्ञ एवं पुर्व मन्त्रि युवराज दुलाल ले खुल्ला रुपमा विरोध जनाएका छन।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ले अमेरिकाले नेपाली नेतामाथि धम्की दिनु अमेरिकाको बलमिच्याइ भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो धारण सार्वजनिक गर्दै दुलालले यस्तो बताएको हो ।
उनले एमसीसीको सवालमा नेपालमा भएको सडक संघर्षको बिषयलाइ लिएर अमेरिकी राजदुत रेन्डि लबेरीले सामाजिक सञ्जाल ट्विटर मार्फत दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमाथिको चुनौति भएको बताएका छन् । उनले भनेका छन्, ‘विदेश मन्त्री डोनाल्ड लु ले नेपाली नेतामाथि दिएको धम्की अमेरिकाको लागि प्रजातन्त्र होला, हाम्रो लागि बलमिच्याई हो ।’उनले राजदुतलाई सम्बोधन गर्दै भनेका छन्, ‘कृपया हामीले देशी तानाशाहलाई रगत बगाएर परास्त गरेको हो वैदेशिक तानाशाहको दासत्व स्विकार गर्न होइन।’ यसरी शुरु देखिनै एमसीसी को खुल्ला रुपमा विरोध गर्ने पहिलो व्यक्ति पुर्व मन्त्री दुलाल हुन ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१० घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



