

परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस् – प्रचण्ड
काठमाडौं फागुन ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने संकेत गरेकाे खुलेकाे छ ।गत बुधबार बसेको पूर्व स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले जस्तोसुकै परिस्थिति पनि आउनसक्ने भन्दै त्यसका लागि तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएको माओवादी केन्द्र उच्च स्रोतले जानकारी दियो ।‘सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियाे,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’बैठक गाेप्य राखिएकाले छलफलका विषयवस्तु सार्वजनिक नभएकाे हाे ।बैठक गाेप्य राखिएकाले छलफलका विषयवस्तु सार्वजनिक नभएकाे हाे ।अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्तारुढ दलहरुबीच सहमति हुन सकेको छैन । नेपाली कांग्रेस यसको पक्षमा खुलेर लागिरहँदा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ ।फागनु ८ गतेको प्रतिनिधिसभा बैठकमा पनि माओवादी केन्द्रको असहमति हुँदाहुँदै एमसीसीको प्रस्ताव संसदमा टेबुल भएको थियो । बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले उठेर यसको विरोध गरेका थिए ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
९ घण्टा अगाडि
1.9kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



