

मालपोत र नापि को सेटिङ्गमा हरिसिद्धिका भुमाफिया महर्जनले गरे सार्वजनिक जग्गा दोहन, आर्थिक प्रभावका कारण सम्बन्धित निकाय मौन
ललितपुर, फागुन १६ । ललितपुर महानगरपालिकाका केही वडा र गोदावरी नगरपालिकाका खेतीयोग्य जमिन भूमाफियाद्वारा खण्डीकरण गरी प्लटिङको हब बनिरहेको छ ।
खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न सरकारले नीति ल्याई खण्डीकरण गर्न बन्देज लगाए पनि भूमाफियाहरुले सेटिङ्गमै धमाधम प्लटिङ्ग गर्दै आइरहेका छन् ।
खेतीयोग्य जमिन खण्डीकरण गरी कित्ताकाट गर्न सरकारले बन्देज लगाएको छ । यही बन्देजका कारण भूमाफियाहरुले मालपोत, नापी, स्थानीय तहका जनप्रतिनिधिहरुलाई आर्थिक प्रभावमा पारी जग्गा खण्डीकरण गरी कित्ताकाट मिलोमत्तामा गरी महँगोमा बिक्रीवितरण गरे पनि कम रकमको राजश्व देखाई ब्रम्हलुट नै मच्चाउँदै आएको पुष्टी हुँदै आइरहेको छ ।
भुमाफियालाई जग्गा सम्याउने नाममा सार्वजनिक (प्रति जग्गा) दोहन गर्न स्थानियतहको वडा मार्फत सिफारिस नै नलिई सार्वजनिक जग्गामा बाटोसमेत बनाएएको जनरक्षाले पत्ता लगाएको छ । यस्ता सार्वजनिक जग्गा भएको थाहा पाउँदापाउँदै पनि स्थानीय तहले आँखा चिम्लिएर सिफारिस दिने गरेको छ भने स्थानीय तहको सिफारिसलाई नै आधार मानेर नापी कार्यालयले भूमाफियाको आदेश अनुसार कित्ताकाट गर्ने गरेको छ ।
जग्गा सम्याउन जग्गा धनीले स्थानीय तहलाई निवेदन दिई स्वीकृति लिनुपर्ने स्थानीय तहको ऐनलाई धोती लगाउँदै ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि ९ ‘क’ मा वडा कार्यालयकै नाकै मुनि झण्डै ४५ रोपनी खेतीयोग्य जमिन र झण्डै पाँच रोपनी सार्वजनिक जग्गासमेत डोजर लगाई भूमाफियाहरुले आफू अनुकुलको प्लटिङ बनाउन सफल बनेको प्रष्टरुपमा जो कसैले देख्न सक्छ ।
उपत्यका विकास प्राधिकरणमा कम्पनी दर्ता गरी प्लाटिङको अनुमती लिएको बाहेकको कित्ताकाट सरकारले रोक्का राखेको समयमा कसरी भैरहेको छ कुनै पनि निकायसँग अनुमति नलिई प्लटिङ र जग्गा टुक्राउने काम ?

हो, यस्तै भइरहेको छ ललितपुरमहानगरपालिकाको हरिसिद्दि ९ ‘क’ को पानी टयाङ्की पछाडि रहेको झण्डै ४५ रोपनी जग्गामा स्थानीय सविन महर्जन, राम महर्जनलगायतका भूमाफियाहरुले जग्गा सम्याउने नाममा धमाधम पत्रकार, मालेपोत, नापी, स्थानीय तहलाई आर्थिक प्रभावमा पारी धमाधम जग्गा टुक्राउने काम गरिरहेका छन् । प्लट मिलानको नाममा ४५ रोपनि जग्गा प्लटिङ्ग गरेका भुमाफिया सविन महर्जनले करिब ५ रोपनि सार्वजनिक जग्गा दोहन गरेको स्थानीयले बताएका छन् । यस बारे वडाअध्यक्ष गणेश कुमार महर्जनसँग वडा कार्यालयमै गई बुझ्दा आफूलाई जानकारी नभएको, केही जग्गा धनीहरु आई जग्गा सम्याउन भन्दै मौखिकरुपमा आएको र स्थानीयले समेत प्रतिजग्गा दोहोन गरेको गुनासो पोख्न आएको बताए । तर फिल्ड हेर्दा सार्वजनिक जग्गा दोहन भएको स्वीकार गरेका छन् । गत सोमबार भुमाफिया सविन महर्जनको टोली जनरक्षा कार्यालयमा आई मालपोतलाई प्रति प्लट पास गराए वापत ७५ हजार, नापिलाई कित्ताकाट गराएवापट प्रति प्लट ७५ हजार, वडा अध्यक्षलाई १ लाख दिने सहमति भइसकेको र एक टेलिभिजनका पत्रकारलाई ३ लाख रुपैयाँ बुझाई सकेको स्वीकारेका छन् । अरबौंको प्लाटिङ्गमा सविन महर्जन र राम महर्जनलगायतले प्रति आना ४० देखि ४५ लाख रुपैयाँमा विक्री वितरण गर्दै आइरहेका छन् ।

समाज
थप सामाग्री-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.4kViews 154 Shares Share on Facebook Share on Twitter मेष- व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।…



