

विकास गाउँ पुग्यो, मान्छे सहर पसे
दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्।ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्।गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताइन् । यो टोलमा उनी एक्लै छिन्। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उनले बताइना् ।उनले भनिन्, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुईरचार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।” ठूलोवन शेर्पा गाउँ वैतेश्वर गाउँपालिकाकै लेकमा पर्ने गाउँ हो। यहाँका स्थानीयको मुख्य पेसा नै आलु खेती हो। भूकम्पअघि गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालयलगायतका समस्या थियो, गाउँभरि मान्छे थिए। उनले दुखेसो पोखिन्, “अहिले गाउँका घर आँगनमै सडक पुगेको छ, खानेपानी, विद्युत् तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निर्माण भइरहेका छन् तर गाउँमा बस्ने मान्छे छैनन्। यहाँ अहिले विकासको भन्दा पनि गाउँमा बसोबास गर्ने छिमेकीको आवश्यक रहेको छ।” केही वर्षअघि ठूलोवनका शेर्पा गाउँमा सयको हाराहारी जनसङ्ख्या रहेको थियो तर अहिले गाउँमा कर्म शेर्पा, पासाङ शेर्पा, लोमु शेर्पा, मैली शेर्पा, तेम्बा शेर्पा, दानिमा शेर्पा, दाक्षकी शेर्पालगायत दर्जनको हाराहारीमा मात्रै गाउँमा बसोबास गर्छन्। गाउँमा थोरै मान्छेको मात्रै बसोबास भए पनि गाउँवरपरका जग्गा भने हरियाली छन्। स्थानीयले बारीभरि आलु खेती गरेका छन्। युवा र नयाँ पुस्ताले गाउँ छोडेर हिँडे पनि आफूहरूले गाउँ छाड्न नसकेको लोमु शेर्पाले बताए । यहाँका स्थानीय मिलेर करिब दुई सय रोपनीमा आलु खेती गर्दै आएका छन्। आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले घरखर्च चलाउन आलु बिक्री गरेर नै पुगेको स्थानीय तेम्बा शेर्पाले बताए । सिजनमा यहाँ एक किसानले ५० हजारदेखि चार लाख रुपियाँसम्मको आलु उत्पादन गर्दै आएका छन्। गाउँपालिकाको सहयोगमा सडक विस्तार भएसँगै काठमाडौँदेखि आलु लिन गाउँमै ठेकेदार गाडी लिएर आउने गरेको स्थानीय कर्म शेर्पाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१६ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



