

नयाँ वर्षमा पशुपतिनाथ लगायत मन्दिरमा भक्तजनहरुको भीड
काठमाडौं। नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन्।
भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ।
प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहजरुपमा दर्शन गराएर पठाएको बताउँछन्। प्रहरीले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ।
विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ।
सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ। सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन्।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१६ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



