

स्पासेन्टर को नाममा खुलेआम यौनधन्दा
काठमाडौं । मसाज र स्पा सेन्टरको नाममा दिनहुँ जस्ताे काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा यौनधन्दा संञ्चालन हुँदै आएका छन्। मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन।
हाम्राे एक महिना लामो रिपोर्टिङबाट खुल्यो–मसाज र स्पामा तेलमालिस त बहाना मात्र पाे रहेछ,मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ। त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन।
ग्राहकलाइ जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ। हामीले उपत्यकाका विभिन्न मसाज सेन्टर र स्पा चहारेर तयार पारेको एक महिना लामाे रिपोर्टिङमा जे देखेका छाैं त्याे आज हामी लख्न बाध्य भएका छाै।
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन,उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ।काठमाडाैमा रहेका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो।
यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ?के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ? भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउने नै भयाे।
हाम्राे एक महिना लामो रिपोर्टिङमा मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएकाे स्पष्ट थाहा भएकाे छ। तेल मालिस त बहाना मात्रै रहेछ। त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ।
के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुक्ता भइनैराख्ने भयाे,त्याे ह्याप्पी इन्डिङ त हो नि,छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने,अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेकाे ती ग्राहकले हामीलाइ हाँस्दै बताए।
उनले भने माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन्। लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन्। त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेकाे उनले भने। कहिलेकाही त रमाइलाे पनि गर्नुपर्छ नि हाेइन र?हामीले तपाइ महिनामा कति पटक आउनु हुन्छ भने प्रश्नमा उनले भने हप्तामा एकपटक अनिवार्य आउँछु मिलेसम्म दुइपटकसम्म आउने गरेकाे छु।
के हो त ह्याप्पी इन्डिङ ?
पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ। कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो।
काठमाडाैंकाे जाेरपार्टीस्थित ग्रिनसाइन स्पामा भेटिएका युवाले भने,त्यसैले कहिलेकाहीँ साथीभाइ मिलेर ‘ह्याप्पी इन्डिङ’ गर्न यतातिर आइन्छ कहिले काँही त रमालाे पनि गर्नु पर्याे नि हाेइन र।
त्यस्तै कर्काे फेमेली हेल्थ स्पामा जादा पनि एक जना नियमित ग्राहकले भने म पनि मसाज गर्न धेरै पटक आइसके अहिले त मलाइ हप्तामा एकपटक अनिवार्य आउनै पर्ने जस्ताे बानी बसिसकेकाे छ। उनले थपे जिन्दगी भनेकाे रमाइलाे गर्दै बिताउने हाे किन एक बारकाे जुनीमा रमाइलाे नगर्ने त्यसैले अहिले नियमित आउने गरेकाे छु।
मसाज र स्पा सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ। यो त मसाजको पार्ट नै भइसक्यो,उनले भने १२ सय रुपैयाँमा मसाज पनि हुन्छ ह्याप्पी इन्डिङ पनि हुन्छ त्यस्ताे भएपछि किन नआउने त ?
जानकारी छ। महानगरिय प्रहरी वृत्त वाैद्धका डिएसपी हरिबहादुर बस्नेतलाइ जाेरपाटी क्षेत्रमा अनैतिक क्रियाकलाप गरेर मसाज र स्पा सेन्टर संञ्चालन गरिएका छन् भन्दा उनले मेराे दायरा नपर्ने भन्दै जिल्ला परिसरकाे प्रवक्ताले सबै जानकारी दिने भन्दै उनले अनविज्ञता देखाए।
महानगरीय प्रहरी वृत्त वाैद्धकाे एरिया भित्रै पर्ने जाेरपाटी क्षेत्रमा शान्तिसुरक्षाकाे जिम्मा लिएका डिएसपी बस्नेतले अनविज्ञता जनाउनु र आफु पन्छिन खाेज्नुले उनकाे मिलेमाेताेमा मसाज र स्पा सेन्टरहरूमा अवैध धन्दाहरू संचालन भइरहेकाे स्पष्ट बुझ्न सकिन्छ।
मसाज हुने बताइन्। अरु के–के सर्भिस छ त? भन्ने प्रश्नमा ती महिलाको जवाफ कूटनीतिक थियो,मसाजको पैसा तिरेर भित्र जानुस्। अरु सर्भिसको कुरा भित्रै गर्नुस् न? मन मिल्ने कुरा न हो।उनको जवाफको आशय बुझ्न गाह्रो थिएन।त्यसपछि हामी एकछिनमा आउने सर्तमा त्यताबाट पनि बिदा भयाैं।
हामीले स्थलगत रिपोर्टिङका क्रममा चाबहिल, बाैद्ध र जाेरपाटीका यी स्पा- ग्रिन साइन स्पा,फेमेली हेल्थ स्पा, कुल हेल्थ स्पा,युनिक हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पालगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको पाइयाे।
व्यवस्थाहरुः सराेकारवाला निकाय
नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ। त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार,मसाज,स्पा जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल-उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन्।
त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४ )मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ।
यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ। कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ।
यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



