

खोला छेउका बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
सुकुम्बासी बस्ती खाली गर्ने भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश गरेको छ।
न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्तो आदेश दिएको उच्च अदालतको वेबसाइटमा उल्लेख छ।
जानुका पोखरेल लगायतले महानगरको सूचना कार्यान्वयन नगर्न आदेश माग्दै दिएको रिटमा यसअघि एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश गरेको थियो। सोही आदेशलाई निरन्तरता दिँदै आजको इजलासले अर्को पेसी तोकेको छ।
वैशाख १३ गते अर्को पेसी तोक्दै दुवै पक्षलाई बहसका लागि बोलाएको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले यो महानगरको सूचना कार्यान्वयन गर्ने वा नगर्ने भनेर अर्को आदेश गर्नेछ।
चैत ११ गते काठमाडौं महानगरले खोला किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनू’ भनी सूचना जारी गरेको थियो। सोमबारको आदेशसँगै बस्ती हटाउन महानगरले तत्काल डोजर चलाउन पाउने छैन।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



