

दन्द्वपीडित सुरक्षाकर्मीका परिवारमाथि प्रहरीको धरपकड
काठमाडौं, ५ वैशाख । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकले पीडितलाई न्याय नदिने भन्दै उनीहरू लगातार आन्दोलित छन् । सोमबार आन्दोलनको क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गर्नुका साथै केहीलाई पक्राउ गरेको छ ।
पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् । बानेश्वरको एभरेष्ट होटलअगाडि विरोधको क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग ठेलमठेल भएको थियो ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सरकारले संसदमा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एकपक्षीय भएको आरोप लगाए ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



