

मिक्सरमा परेर भक्तपुरमा एक जनाले गुमाए दुवै खुट्टा
भक्तपुर, ६ बैशाख/भक्तपुरको एउटा इट्टा उद्योगमा इट्टा बनाउनका लागि माटो मुछ्ने क्रममा मंगलबार खुट्टा मिक्सचर मेसिनमा पर्न गई एक जनाले मजदुरको दुवै खुट्टा गुमेको छ ।
जिल्लाको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स इट्टा उद्योगमा यसरी दुर्घटना हुँंदा रोल्पा नगरपालिका ६ घर भएको वर्ष २२ को विशाल परियारको दुवै खुट्टा गुमेको हो । मिक्सचर मेसिनमा परी दुवै खुटा घुडामुनी काटिएको (पेलिएको) प्रहरीले जनाएको छ ।
घटनापछि घाइतेको उपचारको लागी वी एण्ड वी अस्पताल ललितपुर लगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले घाइते बोल्न सक्ने अबस्थामा रहेको जनाए । तर दुवै घुडामुनिको खुटा काटिएको (पेलिएको) उनले जनाए ।
घाइतेको उपचारमा साहुँ र आफन्त सलग्न रहेको जनाइएको छ । घटनास्थल प्रभाग सुडालबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश केसीको टोली खटिएको जनाएको छ । घटनास्थल बृत जगाती बाट ५ किमि उत्तर पूर्वमा पर्छ ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



