बाघको आक्रमणमा परेकी महिलाको अवस्था अज्ञात

कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अझै अज्ञात छ।

शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता छिन्।

हिजो राति १२ बजेसम्म  प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए।

शुक्रबार बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो ।

‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ,’ प्रवक्ता डाँगीले भने, ‘ ड्रोनबाट हेर्दा बाघ त्यही झाडीमा देखिएको छ, बाघको उद्धारका लागि बर्दियाबाट टोली आउँदैछ।’

महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका थिए।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बेलौरी पुगेको  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए।

‘बर्दिया र शुक्लफाटाँको टोली सो क्षेत्रमा पुगिसकेको छ,’ उनले भने, ‘आवश्यक परेमा हात्ती तम्तयार अवस्थामा राखिएका छन्।
ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको प्रहरीले जनाएको छ।

चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन्।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares