

तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान
दार्चुला। नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उनले बताए । तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्।२०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ। सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



