

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बागलुङ । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो ।अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरी रहेको पाइएको छ । बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालयलगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् ।भर्ना गर्नुपूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध नाइएको तमानखोला गाउँपालिका–३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रवीन्द्रकुमार बुढा मगरले बताए । उनले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरिरहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचानै परिवर्तन गरी भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताए । बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउछन् ।
उनी भन्छन्, “विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुलाई सचेत र सजग बनाउन भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौँ, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”
तमानखोला–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन÷चार जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन् । गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले जानकारी दिए । उनले पटक–पटक अभिभावक र विद्यार्थीलाई बालविवाहबारेमा सचेत बनाए पनि कमी आउन नसकेको बताए ।
“बालविवाह रोक्नका लागि धेरै प्रयास ग-यौँ, गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ”, उनले भने, “जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगातसँग सहकार्य गरेर न्यूनीकरणमा लागेका छौँ ।”
उनले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताए । आर्थिक अवस्था कमजोर, पुरानो रीतिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चुनौतीपूर्ण रहेको उनको भनाई छ । 
वडा नम्बर २ बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा गत वर्ष छ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक बेदबहादुर बुढा मगरले जानकारी दिए । उनले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थीबीच समय–समयमा अन्तक्र्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताए ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्यत्य गर्नका लागि गाउँपालिकाले अभियान थाल्ने बताए । अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनीकरणका लागि निर्वाधरुपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताए । उनले गाउँ–गाउँ र विद्यालयमै पुगेर बालविवाहको बारेमा अभिभावक र बालबालिकालाई सचेत गराउने बताए ।
उनी भन्छन्, “भौगोविक विकटताका कारण अशिक्षा, गरिबीलगायका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिले–पहिले १५÷१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भङ्ग गर्नका लागि हामीहरुले केही कसरत गरेका छौँ, तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरु आशावादी छौँ, शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ ।”रासस![]()
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



