आर्थिक अवस्था कमजोर भएका युवतीलाई जागिर दिने प्रलाेभनमा यौनधन्दा चलाउँदै स्पाहरू

काठमाडौं। घरको आर्थिक अवस्था एकदमै कमजोर भएकै कारण काम पाउने आशामा काठमाडौं आएका युवतीलाई जागिर दिने नाममा स्पाहरूका मालिकले यौन गतिविधिमा लगाउने गरेको पाइएको छ।

केही दिन अगाडी मात्र स्सपाहरूका याैनजन्यसमाचार प्रकाशित किन गरेकाे भन्दै काठमाडौंका केही स्पाका संञ्चालकहरुले धम्की दिनुका साथै पैसाकाे प्रलाेभन  पनि दिंदै आइरहेका छन् ।

पैसामा पत्रकार किन्न खाेज्ने स्पाका साहुले पत्रकारिता पेसालाई बिकाउ बनाउन खाेज्नु स्वयम् हामी पत्रकार र सम्पूर्ण पत्रकारिता क्षेत्रकाे बदनाम गर्न खाेजिनु  पत्रकारिता क्षेत्रलाई बिकाउ बनाउन खाेज्नु के नै नाैलाे कुरा भयाे र ? अहिलेकाे अवस्थामा पनि पत्रकारलाई बिकाउ बनाउने स्पाका संञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन जरूरी देखिन्छ।

 

यस्ताे छ सर्वोच्च जारी गरेको निर्देशिका

सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ।

सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो।

महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन।

पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासाे दिएको देखिदैन्।प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ।

यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र  स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ।

मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएकाे पाइन्छ।

यस्ताे छ स्पाका साहुजिकाे ह्याप्पी इण्डिङ बार

ह्याप्पी इण्डिङ भनेकाे पुरुषको गोप्य अंग चलाएर स्खलन गरिदिनु हाे ? तपाइ आफै अब भन्नुहोस अब यो  याैनजन्य गतिविधि हाे कि हाेइन? स्पाका साहुजिहरुले पानी माथिकाे ओबानो बन्नु कतिकाे जाहेज हाेला?

यस्तो छ ऐनमा व्यवस्था

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।

कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares