२०७२ सालको शक्तिशाली भूकम्प : आठ वर्ष बित्यो तर सुरक्षित बास छैन

काठमाडौँ। २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७‍‍।६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्याङ्क अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा सङ्खुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।तर, राज्यले भूकम्पपीडितको वासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरूले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरूको अवस्था दयनीय छ ।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१८ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares