भूमिगत पानी भासिँदा काठमाडौंमा चरम संकट सन्निकट

काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन्। उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ। एउटा ५० मिटर सम्म स्यालो वेल० र अर्को ५० मिटरभन्दा गहिरो ९डिप वेल०बाट तानिन्छ। स्यालो वेल बर्खामा पुनर्भरण हुन्छ। जसमा समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएलका इलेक्ट्रो मेकानिकल शाखा प्रमुख कृष्णहरि बुढाथोकीले बताए। तर, त्यसभन्दा तलको अवस्थामा असर परेको छैन। अत्यधिक तानेकाले मात्रा घटेको छ। तर, माथिल्लो तहको पानीका स्रोत मर्मत गर्दा पानीको मात्रा खासै घटेको नदेखिएको उनको भनाइ छ। अत्यधिक पम्पिङ रेटले पानीको मात्रा फरक पारेको हो। पानीको तह नै घटेको होइन। विभिन्न कारणले २–४ मिटर तल–माथि आएको हुन सक्छ’, बुढाथोकी भन्छन्। उनका अनुसार काठमाडौंका ८० प्रतिशत ट्युबवेलमा सफाइ गरेपछि पुनः पानी आएको छ। केयूकेएलका १ सय ५ ट्युबवेल सञ्चालनमा छन्। उसले दैनिक साढे ५ देखि ६ करोड लिटर तानेर वितरण गर्छ। ३ सयदेखि १८ सय मिटर प्रतिमिनेट पानी तान्ने क्षमताका ट्युबवेल छन्। यी मेसिन तीन–चार वर्षयता मात्रै सञ्चालनमा आएका हुन्। त्यसअघि ३५–४० वटा मात्रै थिए।

वास्तवमा माथिल्लो तहको पानी सुक्दैन। तर, नियमन अभावमा माथिल्लो तहको पानीको तहमा असर पारेको छ। इमानदारीसाथ काम गरे त्यस्तो समस्या हुँदैन’, बुढाथोकी भन्छन्।

१४ वर्षदेखि इनार तथा बोरिङ बनाउने काममा क्रियाशील डिल्लीबहादुर विष्टका अनुसार पहिला काठमाडौंमा १५–२० फिट खन्नेबित्तिकै पानी आउँथ्यो। अहिले कुनै पनि क्षेत्रमा ४० फिटभन्दा माथि पानी आउँदैन। इनार तथा बोरिङ खनेको सुरुका वर्षमा पानी देखिए पनि केही वर्षपछि सुक्दै जाने क्रम बढेको छ। कालिकोटको सानीत्रिवेणी गाउँपालिका २ बाट काठमाडौं आइपुगेको विष्टका अनुसार प्रत्येक वर्ष पानीको मात्रा घटीरहेको छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१९ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares