

कलिला बालिका प्रयोग गर्दै भीआईपी स्पा एण्ड हेल्थ क्लव : “प्रहरी नै जान्छन् हेप्पी इन्डिङ” गर्न ,मसाजको नाममा सिधै यौन धन्दा सञ्चालन
जनरक्षा डटकमको खबरदारी : स्वच्छ समाज प्रति सदा उतरदायी काठमाडौं । संघीय राजधानीको रुपमा रहेको काठमाडौं उपत्यकामा उच्च शिक्षा हासिल गर्न आएका विभिन्न जिल्लाका आर्थिक अवस्था कम्जोर भएका बालबालिकादेखि लिएर किशोरीसम्म ‘स्पा सेन्टर’को नाममा यौनजन्य गतिविधिमा संलग्न भएको पाइएको छ ।
सहजरुपमै छोटो समयमै मनग्य आम्दानी गर्ने स्रोतको रुपमा काठमाडौं उपत्यकामा च्याउसरी ‘मसाज र स्पा सेन्टर’ खुलेका छन् । यसरी बालबालिका र किशोरीहरुलाई प्रयोग गर्दै छोटो समयमै मनग्य आम्दानी गर्ने स्पाको रुपमा काठमाडौंको बौद्ध बाहुनधारामा संचालित भीआईपी स्पा एण्ड हेल्थ क्लव रहेको छ ।
हेल्थ क्लवको नाममा भीआईपी स्पा एण्ड हेल्थ क्लवले बालबालिकाहरुलाई सामाजिक सञ्जाल टिकटकमै अश्लिल हरकत गर्न लगाई प्रचारप्रसार गरी ग्राहकहरु तान्दै आइरहेको पाइएको छ । बालबालिकालाई यसरी प्रयोग गर्दै बालअधिकारको दुरुपयोग गर्दै छोटो समयमै मनग्य आम्दानी गर्न सफल बनेको भीआईपी स्पा एण्ड हेल्थ क्लवका कर्मचारीहरुले नै बताउने गरेका छन् ।
स्थानीय र भइआईपी स्पा वरीपरी रहेका व्यापारीहरुले हाम्रा संवाददातालाई बताए अनुसार, दिनमा कम्तिमा पनि ५० देखि लिएर १ सयसम्म ग्राहकहरु आउने गरेको बताएका छन् । विशेष गरी सो स्पा सेन्टरमा आउने ग्राहकहरु आफ्नो स्वास्थ्यका लागि भन्दा पनि पछिल्लो समय चलनचल्तीको शब्द नै बनिसकेको ‘हेप्पी इन्डिङ’ गर्न आउने गरेको नाम नबताउने सर्तमा सोही स्पामा कार्यरत एक कर्मचारीले बताए ।
बौद्ध प्रहरी बृत्त र बौद्ध प्रहरी बीटको नजिकै रहेको सो स्पा सेन्टरमा प्रहरीका हाकिमसहित घुमुवा गई ‘हेप्पी इन्डिङ’ त गर्छन् नै, माशिक नजरानासमेत लिन गरेको ती कर्मचारीले बताए ।
स्पाको नाममा हुने यौनजन्य गतिविधिलाई माशिक बुझेकै भरमा प्रहरीहरुले खुल्लमखुल्ला रुपमा यस्तो धन्दा चलाउन दिने हो भने समाजमा विकृति मौलाउँदै जाने स्थानीयले गुनासो पोख्ने गरेका छन् ।
यस्तो छ सर्वोच्चले जारी गरेको निर्देशिका
सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ ।
सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो ।
महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन ।
पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासो दिएको देखिदैन्।प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ ।
यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ ।
मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएको पाइन्छ ।
यसरी हुन्छ मसाज सेन्टरमा यौन धन्दा
काठमाडौं । मसाज र स्पा सेन्टरको नाममा दिनहुँ जस्ताे काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा यौनधन्दा संञ्चालन हुँदै आएका छन्। मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन।
हाम्राे एक महिना लामो रिपोर्टिङबाट खुल्यो–मसाज र स्पामा तेलमालिस त बहाना मात्र पाे रहेछ,मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ। त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन।
ग्राहकलाइ जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ। हामीले उपत्यकाका विभिन्न मसाज सेन्टर र स्पा चहारेर तयार पारेको एक महिना लामाे रिपोर्टिङमा जे देखेका छाैं त्याे आज हामी लख्न बाध्य भएका छाै।
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन,उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ।काठमाडाैमा रहेका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो।
यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ?के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ? भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउने नै भयाे।
हाम्राे एक महिना लामो रिपोर्टिङमा मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएकाे स्पष्ट थाहा भएकाे छ। तेल मालिस त बहाना मात्रै रहेछ। त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ।
के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुक्ता भइनैराख्ने भयाे,त्याे ह्याप्पी इन्डिङ त हो नि,छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने,अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेकाे ती ग्राहकले हामीलाइ हाँस्दै बताए।
उनले भने माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन्। लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन्। त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेकाे उनले भने। कहिलेकाँही त रमाइलाे पनि गर्नुपर्छ नि हाेइन र?हामीले तपाइ महिनामा कति पटक आउनु हुन्छ भने प्रश्नमा उनले भने हप्तामा एकपटक अनिवार्य आउँछु मिलेसम्म दुइपटकसम्म आउने गरेकाे छु।
के हो त ह्याप्पी इन्डिङ ?
पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ। कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो।
काठमाडाैंकाे जाेरपार्टीस्थित ग्रिनसाइन स्पामा भेटिएका युवाले भने,त्यसैले कहिलेकाहीँ साथीभाइ मिलेर ‘ह्याप्पी इन्डिङ’ गर्न यतातिर आइन्छ कहिले काँही त रमालाे पनि गर्नु पर्याे नि हाेइन र।
त्यस्तै अर्काे भीआईपी स्पा जाँदा पनि एक जना नियमित ग्राहकले भने म पनि मसाज गर्न धेरै पटक आइसके अहिले त मलाइ हप्तामा एकपटक अनिवार्य आउनै पर्ने जस्ताे बानी बसिसकेकाे छ। उनले थपे जिन्दगी भनेकाे रमाइलाे गर्दै बिताउने हाे किन एक बारकाे जुनीमा रमाइलाे नगर्ने त्यसैले अहिले नियमित आउने गरेकाे छु।
मसाज र स्पा सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ। यो त मसाजको पार्ट नै भइसक्यो,उनले भने १२ सय रुपैयाँमा मसाज पनि हुन्छ ह्याप्पी इन्डिङ पनि हुन्छ त्यस्ताे भएपछि किन नआउने त ?
जे देखियो
लोकेशन : जाेरपाटी बौद्ध – हामी एक नियमित ग्राहकको सहयोगमा उनीसँगै भिआपि स्पा भित्र पुगियो। प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाल्य,नमस्ते सर नमस्ते भन्दै के सेवा लिनु हुन्छ भनेर अफर सुरू गरि सकेका थिए।
‘पानी पिउने हो सर ? स्वागतको सिलसिला थप अघि बढ्यो। पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे। युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे। बाहिर अन्य युवतीहरु विभिन्न कुरा गरिरहेका थिए।
करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए। फेरि युवतीहरुले पानी अफर गरे। उनले पिए। कस्तो भयो त मसाज? ‘बबाल नि ? ह्याप्पी इन्डिङ नहुने कुरै थिएन।
मन्द मुस्कानसहित उनी बोले। त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो।भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए,उनले सुनाए।
हामीले सुने भन्दा धेरै नै फरक अनुभव
हामीले एक महिनाभित्र ठमेल, दरबारमार्ग, लाजिम्पाट,चाबहिल,चुचेपाटी,बाैद्ध,जाेरपाटीलगायत विभिन्न स्थानमा खोलिएका मसाज र स्पा सेन्टरमा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेकाे रहेछ। मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएका थिए तर अहिले हामीले प्रत्यक्ष निहाल्ने र समाचार लेख्ने अवसर पायाै।
प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी छ। महानगरिय प्रहरी वृत्त वाैद्धका डिएसपी हरिबहादुर बस्नेतलाइ जाेरपाटी क्षेत्रमा अनैतिक क्रियाकलाप गरेर मसाज र स्पा सेन्टर संञ्चालन गरिएका छन् भन्दा उनले मेराे दायरा नपर्ने भन्दै जिल्ला परिसरकाे प्रवक्ताले सबै जानकारी दिने भन्दै उनले अनविज्ञता देखाए।
महानगरीय प्रहरी वृत्त वाैद्धकाे एरिया भित्रै पर्ने जाेरपाटी क्षेत्रमा शान्तिसुरक्षाकाे जिम्मा लिएका डिएसपी बस्नेतले अनविज्ञता जनाउनु र आफु पन्छिन खाेज्नुले उनकाे मिलेमाेताेमा मसाज र स्पा सेन्टरहरूमा अवैध धन्दाहरू संचालन भइरहेकाे स्पष्ट बुझ्न सकिन्छ ।
सिधा ‘सेक्स डिल’
ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर अथवा स्पा, हामी जाेरपाटीका केही मसाज वा स्पा सेन्टरमा पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइएको छ।
काउन्टरमा रहेकी महिलाले भनिन एकछिन पछि आउनुन ल हामीले कतिखेर आउने के–के छ त सर्भिस? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्,सबथोक हुन्छ,बस्ने हो भने थप हजार रुपैयाँ बढी दिनुपर्छ।हामी त्यसाे भए एकछिन पछि आउने सर्तमा बाहिर निस्कियाै।
त्यसपछि हामी अर्काे स्पामा गयाैं त्यहाँ चार युवतीहरु देखिन्थे। त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन्। पछि १२ सय रुपैयाँमा तयार भइन्।
मसाजमात्रै त के गर्नु र ? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्,थप मज्जा लिनलाई पैसा थप्नुपर्यो नि? त्यत्तिकै कहाँ रमाइलो हुन्छ? अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन्। त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ।
सिधा ‘सेक्स डिल’
ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर अथवा स्पा, हामी जाेरपाटीका केही मसाज वा स्पा सेन्टरमा पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइयो छ।
काउन्टरमा रहेकी महिलाले भनिन्न एकछिन पछि आउनुन ल हामीले कतिखेर आउने के–के छ त सर्भिस? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्,सबथोक हुन्छ,बस्ने हो भने थप हजार रुपैयाँ बढी दिनुपर्छ।हामी त्यसाे भए एकछिन पछि आउने सर्तमा बाहिर निस्कियाै।
त्यसपछि हामी अर्काे स्पामा गयाैं त्यहाँ चार युवतीहरु देखिन्थे। त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन्। पछि १२ सय रुपैयाँमा तयार भइन्।
मसाजमात्रै त के गर्नु र? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्,थप मज्जा लिनलाई पैसा थप्नुपर्यो नि? त्यत्तिकै कहाँ रमाइलो हुन्छ? अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन्। त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ।
हामीले स्थलगत रिपोर्टिङका क्रममा चाबहिल, बाैद्ध र जाेरपाटीका यी स्पा- ग्रिन साइन स्पा, भिआपि स्पा हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पालगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको पाइयाे।
‘केही स्तरीय स्पाबाहेक प्रायःमा ह्याप्पी इन्डिङ हुन्छ,मसाज र स्पाका नियमित ग्राहक रहेका एक जनाले ठोकुवा गरेर भने,यति नभइ त मसाज र स्पा सेन्टर चल्छ पनि कसरी? जिउ मालिस गर्नलाई मात्र त को त्यहाँ जान्छ र ? रमाइलो त हुनै प-यो नि हाेइन र?
बाध्यताले मसाजसम्म
मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यताहरू हुन्छन्।अधिकांश कलेज पढ्ने किशाेरीले आफ्नाे चाहाना पुरा गर्न र घरकाे अवस्था कम्जाेर भएकाले बाध्यताले यस्ताे काम गर्न बाध्य भएकाे बताउने गरेका छन् भने कसैलाई श्रीमानले छाडेको,आर्थिक अवस्था कमजोर लगायतका कारणले उनीहरुलाई मसाज र स्पा सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो।
हामीले ग्राहकको भेषमा काठमाडौं उपत्यकाका विभिन्न भागमा रहेका स्पा सञ्चालकहरूसँग कुरा गर्ने रिपाेटिङ गर्ने क्रममा भ्वाइस रेकर्डिङ गरेर उनिहरूसँग कुराकानी गर्ने गरेका थियाै। स्पा र मसाज सेन्टरमा हुने यस्ता अनैतिक काम राेक्न नियमनकारी निकायले चासाे दिन जरूरी रहेकाे देखिन्छ।
बाँकी अर्काे रिपाेटिङमा …?
यस्ताे छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई,प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।
कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरुः सराेकारवाला निकाय
नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ। त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार,मसाज,स्पा जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल-उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन्।
त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४ )मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ।
यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ। कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ।
यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ।
समाज
थप सामाग्री-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
२० घण्टा अगाडि
2.1kViews 387 Shares Share on Facebook Share on Twitter काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित…



