

मधेस प्रदेशमा आज होली मनाइँदै
काठमाडौं चैत ४ । आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तरगृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ । यसअनुसार यसपालि मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१० घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



